११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु



अ+ अ-

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले देशभर रहेका व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु गर्नुभएको छ ।

नेपालमा प्राङ्गारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकहरूबीच सशक्त सञ्जाल निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन भएको हो ।

मन्त्री चौधरीले प्राङ्गारिक मल, भर्मी कम्पोस्ट तथा अन्य जैविक मल व्यावसायिक रूपमा उत्पादन गरिरहेका वा दर्तायुक्त उद्योग वा फर्म सञ्चालन गरिरहेका सबै उत्पादकलाई आफ्नो विवरण अनिवार्य रूपमा दर्ता गराउन आग्रह गर्नुभएको छ ।

उत्पादकहरूले QR Code स्क्यान गरेर वा https://forms.gle/SjgsTDRP5abNG45L6 मार्फत आफ्नो विवरण अनलाइन दर्ता गर्न सक्नेछन्।
विवरण दर्ता गर्ने अन्तिम मिति २०८३ साउन २१ गते (बिहीबार) सम्म छ।

मन्त्रालयले सबै व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकलाई समयमै विवरण दर्ता गराई दिगो कृषि विकास, माटोको उर्वराशक्ति संरक्षण तथा प्राङ्गारिक कृषि प्रवर्द्धनको अभियानमा सहभागी हुन आह्वान गरेको छ।