७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौर हत्याकाण्डका दोषीलाई कारबाही र पीडितलाई न्याय दिन आजपाद्वारा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कानूनबमोजिम अविलम्व कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै अध्यक्ष शाहले यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले गौर हत्याकाण्डको अनुसन्धान कहाँ पुग्यो रु भन्दै प्रश्न समेत गर्नुभयो । यस हत्यका काण्डबारे पीडितले जाहेरी दर्ता गराएको भएपनि सरकारले छानविन नगरेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘म सरकारलाई सोध्न चाहन्छु, गौर हत्यकाण्ड जुन दिउँसो भएको विभत्स हत्या थियो त्यसको छानविन कहाँ पुग्यो ?’

रौतहटको गौरमा २०६३ साल चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तात्कालिक मधेसी जनअधिकार फोरम र तात्कालिक नेकपा माओवादीका कार्यकर्ताबीचको विवादले झडपको रूप लिएको थियो । त्यस क्रममा दुई दर्जनभन्दा बढी माओवादी कार्यकर्ताको ज्यान गएको थियो । घटनाबारे मृतकका परिवारले सोही वर्ष चैत २८ गते प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिए । तर सरकारले अहिलेसम्म दोषि पत्ता लागेको छैन ।

अध्यक्ष साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संसदको कार्यसूचीबाट हटाउनुपर्ने समेत बताउनु भयो ।