९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday

10.85°C

काठमाडौं

10.85°C

Kathmandu

Feels-like: 10.39

Wind: 4.12

Humidity: 92

Latest
मधेसी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु ‘कृषि उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैन’ अख्तियारमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड लोकतान्त्रिक अपांग संघको निर्वाचनमा सत्ताको दुरुपयोग भयो: नेता घिमिरे सत्ताको कुकृत्यका कारण गणतन्त्र धरापमाः झलनाथ खनाल वरिष्ठ पत्रकार बस्नेतको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको उद्घोष गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन: गृहमन्त्री लेखक धनुषा प्रहरीद्वारा गाँजासहित एकजना पक्राउ दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेको छ : ऊर्जामन्त्री खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु आर्थिक वर्षभित्रमा ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य रोखेर काम गरिरहेका छौंः वनमन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले चालु आर्थिक वर्षभित्रमा मन्त्रालयबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य रोखेर काम गरिरहेको दाबी गर्नुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री ठकुरीले यस्तो दाबी गर्नुभएको हो । उहाँले वनसँग सम्बन्धीत क्षेत्रमा सिर्जना हुने उक्त रोजगारीले युवा पलयान रोक्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ठकुरीले राष्ट्रपति चुरे विकास कार्यक्रम, जलवायु उत्थानशील चुरे कार्यक्रम र जलाधारमा आधारित जिविकोपार्जन आयोजना तथा गण्डकी जलाधार आयोजनामार्फत भिरालो जमिनमा फलफुल लगायतका खेतीहरु गरेर बाँझो जमिनमा उत्पादन प्रवद्र्धन गर्नेगरी काम गरिरहेको बताउनु भयो । उहाँले मानव वन्यजन्तुबीचको द्वन्द्व न्युनिकरण गर्नको लागि जंगली जनावरहरुको लागि वनभित्रै बस्नेगरी काम गरिरहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्षभित्रमा ४० हजार रोजगारी सिर्जना हुने र यसबाट युवाहरुको विदेश पलायन हुने रोक्ने अनुमान गरिएको छ । अर्को, राष्ट्रपति चुरे विकास कार्यक्रम, जलवायु उत्थानशील चुरे कार्यक्रम र जलाधारमा आधारित जिविकोपार्जन आयोजना तथा गण्डकी जलाधार आयोजनामार्फत भिरालो जमिनमा फलफुल लगायतका खेतिहरु गरेर बाँझो जमिनमा उत्पादन प्रवद्र्धन गर्ने काम भइरहेको छ । यसैगरी जलवायु परिवर्तनको कारण निम्त्याउने विपद् न्युनिकरणका लागि नदि तथा खोला किनारहरुमा स्तरीकरण, व्यवस्थापन लगायतका कामहरु समेत भइरहेका छन् । विप्दबाट नेपालमा ठुलो धनजनको क्षति गरेको विषयमा हामी सबै जानकार नै छौं । यसलाई न्युनिकरण गर्ने र थप व्यवस्थापन तथा व्यवस्थित गर्नको लागि नेपाल सरकारले थप कार्यक्रमहरु ल्याउने जानकारी गराउँदै संसदहरुको सुझावको आधारमा वन मन्त्रालयका तर्फबाट यस्ता कुराहरु गर्दै जाने म जानकारी समेत गराउन चाहन्छु ।’

प्राकृतिक विपद् न्युनिकरण तथा वन व्यवस्थापनको क्षेत्र मन्त्रालयको प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।