२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा सांसद कार्कीको प्रश्नः ‘नेपाल तस्करहरुको ट्रान्जिट पोइन्ट बनेको हो?’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले के नेपाल तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो ।  यस्तो अवस्थामा नेपाली जनताको सहनशीलताको परिक्षा नलिन समेत सरकारलाई चेतावनी दिनुभयो । नेपाल दिन प्रतिदिन तस्करहरुको जालोमा फसिहरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचारमा नेपालले नयाँनयाँ कीर्तिमान कायम गरिराखेको छ । र हामी ठगीको उपाधिबाट घोषित भएका छौं । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु र सरकारलाई खबरदार भन्न चाहन्छु । सरकारले देशलाई कहाँ पुयाउन खोजेको होश्र ’

उहाँले यस्तै अवस्था भए सरकार मात्रै नभई देश नै खतरामा पर्ने उहाँको भनाइ छ ।