२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौरभ गांगुलीको पनि अभिनयमा डेब्यु



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुली अभिनयमा डेब्यु गर्दैछन् । उनी चाँडै नै नेटफ्लिक्सको वेब सिरिज ‘खाकीः द बेङ्गाल च्याप्टर’ मा देखिनेछन् ।

हालै एउटा प्रमोशनल भिडियो सार्वजनिक भएको छ, जसमा उनी प्रहरी अफिसरको भूमिकामा देखिएका छन् ।

स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले सोमबार एक भिडियो जारी गर्‍यो । यस भिडियोमा सौरभ गांगुली पुलिसको पोशाक लगाएर अपराधीहरूलाई पक्रन लठ्ठी चलाउँदै गरेको देखिन्छ ।

सौरभ गांगुली ५२ वर्षको उमेरमा अभिनेताको रुपमा डेब्यु गर्दैछन् । क्रिकेटरको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सौरभको डेब्यू अभिनयबाट फ्यानहरु निकै खुसी र उत्साहित छन् ।

द बेङ्गाल च्याप्टर मार्च २० मा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ ।

केहीदिन अघिमात्रै अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेभिड वार्नर क्रिकेटपछि अब फिल्म क्षेत्रमा देखिने खबर आएको थियो ।

वार्नरले तेलुगु फिल्म निर्देशक भेन्की कुदुमुलाको आगामी एक्शन ड्रामा ‘रोबिनहुड’बाट अभिनयमा डेब्यु गर्ने भएका हुन् ।