८ श्रावण २०८३, शुक्रबार
,
Latest
प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’ मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयारः निर्यात व्यवसायी महासंघ सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाल, पहाड, तराई : शान्त र सुन्दर नेपाल (फोटो फिचर)



अ+ अ-

काठमाडौं । देशमा राजनीतिक चलखेल जारी छ । गणतन्त्रवादी र राजतन्त्रवादीहरु वाक युद्धमा छन् । कोही अहिलेको गणतान्त्रिक व्यवस्थाको चर्को आलोचना गरिरहेका छन् भने कोही राजतन्त्रलाई तथानाम गालीगलौल गरिरहेका छन् ।

आम जनतालाई कुन व्यवस्था कस्तो, किन र केका लागि खासै वास्ता देखिँदैन । आफ्ना दैनिकीमा उनीहरु व्यस्त छन् ।

शान्त र सुन्दर नेपालको प्रकृतिलाई पनि राजनीतिक वाकयुद्धको वास्ता छैन । प्रकृति आफ्नै ढंगले चलेको छ ।

फोटो : रासस

दाङको घोराही उपमहानगरपालिका– १४ स्थित खोलीगाउँका स्थानीयले कटुवा खोलामा व्यावसायिक रुपमा गरेको खोले सागको खेती । तस्बिरः कुलदीप न्यौपाने/रासस
झापा, कमल गाउँपालिका-७ विष्णुकठ्ठाका किसानहरु चैते धान रोप्दै । पछिल्लो समय जिल्लामा चैते धान खेतीमा किसानको आर्कषण बढ्दो छ । तस्बिर : यज्ञराज आङदेम्बे / रासस
सम्डुप बौद्ध स्तुपा र निलगिरि हिमाल : मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ र लोमान्थाङ गाउँपालिकाको बीचमा पर्ने सम्डुप बौद्ध स्तुपा (चैत्य) र पृष्ठभूमिमा निलगिरि हिमाल। करिब पाँच सय वर्ष पुरानो यो छ्योर्तेन (बौद्ध स्तुपा) अमेरिक हिमालयन फाउन्डेसनले निर्माण गरेको हो । कोरोला घुम्न जाँदा सडक नजिकै पर्ने यो स्तुपा तिब्बतीयन भाषामा सम भनेको मन र डुप भनेको प्राप्त हो । अर्थात् आफूले कामना गरेको चिज प्राप्त हुनु हो । तस्बिरः सुशीलबाबु थकाली/रासस
मुस्ताङको दामोदर कुण्ड गाउँपालिका-१ र लोमान्थाङ गाउँपालिकाको बीचमा पर्ने सम्डुप छोर्तेन र पृष्ठभूमिमा निलगिरि हिमाल । कोरोला घुम्न जाँदा सडक नजिकै पर्ने सम्डुप छोर्तेनको तिब्बतीयन भाषामा सम भनेको मन र डुप भनेको प्राप्त हुन अर्थात् आफुले कामना गरेको चिज प्राप्त हुनु हो । तस्बिरः सुशीलबाबु थकाली / रासस
सुनसरीको इनरुवा नगरपालिका-४ बाट साेमबार बिहान देखिएको उदाउँदै गरेको सूर्य । तस्बिर : नवीन गड्तौला/रासस
अन्नपूर्ण दोस्रो हिमाल : मनाङको ङिस्याङ गाउँपालिका–५ बाट देखिएको सात हजार नौ सय ३७ मिटर उचाइमा रहेको अन्नपूर्ण दोस्रो हिमाल । तापक्रम वृद्धिसँग हिँउ पग्लिएपछि हिमाल कालापथ्थरमा परिणत हुँदै गएका छन् । तस्बिरः नवीन लामिछान/मनाङ
कैलालीको मोहन्याल गाउँपालिका– ७ स्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल राजकाँडाबाट देखिएको कर्णाली नदी आसपास क्षेत्र । तस्बिर : मीन ठकुरी/रासस
मानव निर्मित ताल इन्द्रसरोवर : मनहरी, ४ चैतः मकवानपुर जिल्लामा पर्ने इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानीमा रहेको इन्द्र सरोवर ताल नेपालको सबैभन्दा ठुलो मानव निर्मित ताल हो। तस्बिरः मणिराज गौतम/रासस




भर्खरै