२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिकर्मी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पती छानविन गर्न उच्चस्तरीय आयोग गठनको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद डा वेदुराम भुसालले राजनीतिक दलका नेता तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पती छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्न प्रश्ताव गर्नुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्ताव गर्नुभएको हो । उहाँले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार वाधक रहेको समेत उल्लेख गर्नुभयो । संविधान संशोधन गरेरै भएपनि सर्वशक्तिसम्पन्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले छानविन गर्दा यदि कसैले गैरकानूनी रुपमा सम्पती आर्जन गरेको भेटिए त्यसलाई राष्ट्रियकरण गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अर्को कुरा भ्रष्टाचारको यति ठूलो आवाज उठेको छ भने सशुासनको मुल समस्या भ्रष्टाचार हो भने त्यसका निम्ति संविधान संशोधन गरेरै भएपनि एउटा उच्च स्तरको सर्वशत्तिसम्पन्न छानविन आयोग बनाउँ जसले केवल राजनीतिकर्मीको मात्रै नभई मुलुकको सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानविन गरौं । यदि छानविन गर्दाखेरि यदि कसैले गैरकानूनी ढंगले कमाएको सम्पती छ भने त्यसलाई राष्ट्रियकरण गरौं ।’

उहाँले संविधानमा रहेका समस्याहरुको पहिचान गर्न संविधानको पुनरावलोकन गर्न जरुरी रहेको बताउनु भयो ।