५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाहको गतिविधिहरुबारे परिवर्तनकारी दलहरु गम्भिरतापूर्वक उभिन सकेनन्ः सिटौला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको गम्भिर र निर्मम समिक्षा गर्ने भएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान जारी भइसकेपछि संसद्का प्रायः सबै पार्टीहरुले सरकारको नेतृत्व गरेको भएपनि अपेक्षाकृत उपलब्धी दिन नसकेको बताउनु भयो । उहाँले संविधानले प्रत्याभुत गरेको जनताको हक र अधिकार दिन सकियो कि सकिएन यसको समिक्षा गर्न अब विलम्व गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान जारी भइसकेपछि यहाँसम्म आइपुग्दा हामी सबैले जसरि भएपनि सरकारको नेतृत्व गरेकै छौं । यो संविधानको कार्यान्वयनबाट हामीले जनतालाई के कति उपलब्धि दिनसक्यौं? संविधानले ल्याएका संरचना र यसको भावको समिक्षा गर्ने बेला आएको छ । हामीले संविधानलाई जनताको हितमा प्रयोग गरेका छौं कि छैनौं ? हामीले नयाँ संविधानबाट जनताको स्वास्थ्यमा जनताको शिक्षामा हामीले जनताको अधिकार प्रचलनमा ल्याउन सकेका छौं कि छैनौं ?यसको गम्भिर र निर्मम समिक्षा गर्ने बेला भएको छ ।’

फरक प्रसंगमा बोल्दै सिटौलालले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिहरुबारे परिवर्तनकारी दलहरुले गम्भिरतापूर्वक ध्यान दिन नसकेको समेत बताउनु भयो । उहाँले पूर्वराजा शाहले पनि स्पष्टरुपमा जनतासामु आफू पनि राजनीतिको मैदानमा आएको भन्नुपर्ने बताउनु भयो । उहाँले पूर्वराजा शाहले समेत राजनीतिक दलहरुजस्तै जनतासामु नीति तथा कार्यक्रम पेस गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संविधान मान्ने र परिवर्तनको पक्षमा रहेका दलहरु समेत एकजुट भएर उभिने बेला आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँले जनतासामु म अब राजनीतिक खेलाडीको रुपमा मैदान आए भन्न सक्नुपर्छ । उहाँले मेरो नीति तथा कार्यक्रम यो हो भनेर भन्न सक्नुपर्छ । तर राजा आउँछ है भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने जुन काम भएको छ त्यसमा हामी परिवर्तनकारी दलहरुको जुन मौनता त भन्दिन तर तर जुन किसिमको दृढता हुनुपर्ने थियो त्यो म देखिरहेको छैन । परिवर्शत र संविधानको मुलभूत विषयमो पक्षमा रहेका सबै राजनीतिक दलहरु एकपटक फेरि एकतावद्ध भएर उभिने बेला हो ।’

राज्य सञ्चालन त्रुटी अथवा संविधानको त्रुटी पहिचान गरी जनताको आवश्यक सुधारको लागि हामी सबै तयार हुनुपर्ने उहाँको भनाइ छ ।