
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट युवा संगठनका नेता निराजन बम पलाँता पक्राउ परेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने पलाँतालाई प्रहरीले पक्राउ गरेको हो ।
भरतपुरबाट पक्राउ परेका उनलाई हेटौंडा लगिँदैछ ।
राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा हिजो(शनिबार) उनले प्रचण्डको तस्बिर जलाएका थिए ।
जिल्ला अधिवेशनमा बोल्ने क्रममा उनले बोल्दाबोल्दै प्रचण्डको तस्बिरमा लाइटर पार्दै जलाएका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।