८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए उच्चस्तरीय समितिले गठन गयो निर्वाचन समिति



अ+ अ-

काठमाडौँ। सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ।

वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख निर्वाचन आयुक्त रहनु भएको समितिमा सेवानिवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहनु भएको छ।

नेपालको कानूनी क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे डेमोक्र्याटिक लयर्स एसोसियशनका पूर्व अध्यक्ष हुनुहुन्छ भने ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए युकेका पूर्व अध्यक्ष हुनुहुन्छ ।बेलायतमा बसोबास गर्ने उहाँले हाल पोखरामा आफ्नै होटेल व्यवसाय संचालन गरिरहनु भएको छ । त्यस्तै अधिवक्ता आशिष उप्रेती युवा कानून व्यवसायी हुनुहुन्छ।

“लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरुप परराष्ट्र मन्त्रालयसंग समन्वय गरी आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको हो।

संस्थाको लोकतान्त्रिकरण तथा सम्पूर्ण सदस्यहरुलाई अधिकार सम्पन्न गर्ने गरी निस्पक्ष र पारदर्शीरुपमा निर्वाचन सम्पन्न गराउन यो निर्वाचन समितिलाई सहयोग गर्न पनि हामी सम्पूर्ण मित्रहरुलाई आग्रह गर्दछौं,” उच्चस्तरीय समितिका अध्यक्ष डा शेष घलेले भन्नु भयो।




भर्खरै