२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूस युद्धविरामको पक्षमा छः पुटिन



अ+ अ-

एजेन्सी । रूस संयुक्त राज्य अमेरिका र युक्रेनले प्रश्ताव गरेको ३० दिने युद्धविराम योजनाको पक्षमा रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ ।

पुटिनले भ्रमणमा रहनुभएका बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोसँगको पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गर्नुभएको हो ।

शत्रुता रोक्ने प्रश्तावहरूसँग सहमत रहेको तर युद्धविराम दीर्घकालीन शान्तिको लागि नेतृत्व गर्ने र यस संकटको मुल कारणहरूलाई हटाउने गरी हुनुपर्ने बताउनु भयो ।

पुटिनले द्वन्द्वको २ हजार किलोमिटर सम्पर्क रेखामा युद्धविराम उल्लङ्घनको निगरानीमा कठिनाइ भएको उल्लेख गर्नुभयो । युक्रेनले परिचालन र हतियार आपूर्तिको लागि अस्थायी युद्धविराम प्रयोग गर्नसक्ने मुद्दा उठाउनु भयो ।

उहाँले कुस्र्क क्षेत्रको बारेमा सुक्ष्मता उल्लेख गर्नुभयो । जहाँ रूसी सेनाले अगस्ट २०२४ मा सीमापार आक्रमण गरेपछि युक्रेनी सेनालाई पराजित गर्दै आएका छन् ।