२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूस युद्धविरामको पक्षमा छः पुटिन



अ+ अ-

एजेन्सी । रूस संयुक्त राज्य अमेरिका र युक्रेनले प्रश्ताव गरेको ३० दिने युद्धविराम योजनाको पक्षमा रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ ।

पुटिनले भ्रमणमा रहनुभएका बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोसँगको पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गर्नुभएको हो ।

शत्रुता रोक्ने प्रश्तावहरूसँग सहमत रहेको तर युद्धविराम दीर्घकालीन शान्तिको लागि नेतृत्व गर्ने र यस संकटको मुल कारणहरूलाई हटाउने गरी हुनुपर्ने बताउनु भयो ।

पुटिनले द्वन्द्वको २ हजार किलोमिटर सम्पर्क रेखामा युद्धविराम उल्लङ्घनको निगरानीमा कठिनाइ भएको उल्लेख गर्नुभयो । युक्रेनले परिचालन र हतियार आपूर्तिको लागि अस्थायी युद्धविराम प्रयोग गर्नसक्ने मुद्दा उठाउनु भयो ।

उहाँले कुस्र्क क्षेत्रको बारेमा सुक्ष्मता उल्लेख गर्नुभयो । जहाँ रूसी सेनाले अगस्ट २०२४ मा सीमापार आक्रमण गरेपछि युक्रेनी सेनालाई पराजित गर्दै आएका छन् ।