१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० क्रिकेटमा नेपालको सान्त्वना जित



अ+ अ-

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । फाइनल दौडबाट बाहिरिसकेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा ६ विकेटको जित निकालेको हो ।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो । नेपालले १०५ रनको विजयी लक्ष्य १९ दशमलव ३ ओभरमा चार विकटको क्षतिमा पूरा गर्यो ।

नेपालका लागि सम्झना खड्काले ४७ रन बनाइन् । उनले ४३ बल खेल्ने क्रममा तीन चौका हानिन् । यस्तै पूजा महतोले अविजित २० तथा कप्तान इन्दु बर्माले १८ रन बनाइन् ।

बलिङतर्फ हङकङकी मेहकदीप कौर र लिया वाङ कीले एक एक विकेट लिइन् ।

यसअघि हङ्कङ्का लागि १०४ रन बनाउने क्रममा शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन् । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् । त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन् ।

बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिइन् ।