२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० वर्षको उमेरमा तेस्रो विवाह गर्दैछन् आमिर खान ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता आमिर खान १४ मार्च (आज)६० वर्षका भए । यस क्रममा आफ्नो प्रि–बर्थडे सेलिब्रेशनमा उनले आफ्नी प्रेमिकालाई सार्वजनिक गरे । तर, आमिर खानले गौरी स्प्राटको फोटो खिच्न दिन अस्वीकार गरे ।

केही भारतीय सञ्चारमाध्यमका अनुसार आमिर र गौरीको रोमान्स केही वर्षअघि सुरु भएको थियो तर उनीहरुले एकअर्कालाई २५ वर्षदेखि चिनेका छन् ।

को हुन् गौरी स्प्राट ?
गौरी स्प्राट बेंगलुरुकी बासिन्दा हुन् र अहिले आमिर खानको फिल्ममा काम गरिरहेकी छिन् । उनी हेयरड्रेसिङमा व्यावसायिक पृष्ठभूमिबाट आएकी हुन् । उनले युनिभर्सिटी अफ आर्ट्स, लन्डनबाट फेसन, स्टाइलिङ र फोटोग्राफीमा एफडीए डिग्री लिएकी छिन् । गौरीको आमा तमिलियन र बुबा आयरिश हुन् र उनका हजुरबुवा स्वतन्त्रता सेनानी थिए । यसबाहेक उनी ६ वर्षको छोराकी आमा पनि हुन् ।

आमिर खानसँग गौरीको सम्बन्ध निकै पुरानो छ । बलिउडको बारेमा धेरै थाहा नभए पनि बिस्तारै बुझ्दै छिन् । गौरीले आमिर खानका दुईवटा मात्र फिल्म हेरेको बताइन्, ‘दंगल’ र ‘लगान’ ।

आमिरले यो पनि बताए कि उनको परिवारले गौरीलाई स्वागत गरेको र सबैले उनलाई मन पराउँछन् । हालै आमिरको घरमा एक निजी डिनरमा गौरीले बलिउड सुपरस्टार सलमान खान र शाहरुख खानलाई पनि भेटेकी थिइन् ।

आमिर खानको पहिलो विवाह सन् १९८६ मा रीना दत्तसँग भएको थियो । यस विवाहबाट उनीहरुका सन्तान आयरा खान र जुनैद खान छन् । दुवैले सन् २००२ मा सम्बन्धविच्छेद गरेका थिए ।

यसपछि सन् २००५ मा आमिरले फिल्म निर्माता किरण रावसँग विवाह गरे । तर, यो सम्बन्ध पनि लामो समय टिक्न सकेन र सन् २०२१ मा दुवै अलग भए । उनीहरुको एउटा छोरा आजाद राव छन्, जसको जन्म सरोगेसी मार्फत भएको थियो ।