६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एट्लेटिकोलाई पेनाल्टीमा हराउँदै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै रियल अन्तिम आठमा पुगेको हो ।

एट्लेटिकोको घरेलु मैदानमा खेलको पहिलो सुरुवाती मिनेटमा नै कोनोर गालाघेरले गोल गर्दै घरेलु टोलिलाई १–० को अग्रता दिलाएका थिए । उक्त गोलसँगै समग्रमा खेल २–२ को बराबरी हुन पुग्यो । त्यसपछि निर्धारित र अतिरिक्त समयसम्म पनि खेल बराबरी भएपछि टाईब्रेकरमा गएको हो ।

पेनाल्टी सुटआउटमा रियलका किलियन एम्बाप्पे, जुड बेलिङहम, फेडेरिको भाल्भर्डे र एन्टोनिओ रुडिगरले गोल गरे भने लुकास भाज्क्वेजले मिस गरे ।

यता एट्लेटिकोका अलेक्जान्डर सोर्लोथ र एंगेल कोरीआले गोल गर्दा युलियन अल्भारेज र मार्कोस लिओरेन्टे गोल गर्न चुके । यो नतिजासँगै एट्लेटिकोको च्याम्पियन्स लिग यात्रा यहीँ सकिएको छ भने रियलले क्वाटरफाइनलमा आर्सनलको सामना गर्नेछ ।