२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले व्यवसायिक क्षेत्रमा संकुचन आएको कारण आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि सांसदहरुको विरोधको सुचना राखेपछि बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उक्त विधेयकले मुलुकमा लगानीको वातावरण सिर्जना गरी लगानी अभिवृद्धिमा टेवा पुग्ने मन्त्री पौडेलको विश्वास छ ।

उहाँले लामो समयदेखि निजी क्षेत्रले व्यवसायिक वातावरण निर्माण नभएको गुनासो आएको कारण अध्यादेशमार्फत उक्त विधेयक ल्याउनु परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस विधेयकले आर्थिक एवं लगानीको वातावरण सुधार गर्नेछ । यस लगानी अभिवृद्धिका लागि अनुकुल वातावरण निर्माणन गर्नेछ । विधेयकको सन्दर्भमा जुन प्रकारको प्रतिक्रिया सार्वजनिक भइरहेको छ त्यसले नै यो कुरा बोलेको छ । त्यसकारण आरोपबाट निष्कन पनि म आग्रह गर्न चाहान्छु । यो विधेयक व्यवसायिक वातावरण निर्माणका लागि ल्याइएको हो । लगानीमा एक प्रकारको संकुचनको स्थिति देखा पर्यो । व्यवसायिक वातावरण भएन भनेर निजी क्षेत्रले समस्याहरु राखे त्यो समस्या समाधान गर्ने हिसावले आएको छ । ’

सो विधेयकले मुलुकलाई समृद्धितिर अगाडि बढ्न सहयोग पु¥याउने मन्त्री पौडेलको भनाइ छ ।