२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले व्यवसायिक क्षेत्रमा संकुचन आएको कारण आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि सांसदहरुको विरोधको सुचना राखेपछि बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उक्त विधेयकले मुलुकमा लगानीको वातावरण सिर्जना गरी लगानी अभिवृद्धिमा टेवा पुग्ने मन्त्री पौडेलको विश्वास छ ।

उहाँले लामो समयदेखि निजी क्षेत्रले व्यवसायिक वातावरण निर्माण नभएको गुनासो आएको कारण अध्यादेशमार्फत उक्त विधेयक ल्याउनु परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस विधेयकले आर्थिक एवं लगानीको वातावरण सुधार गर्नेछ । यस लगानी अभिवृद्धिका लागि अनुकुल वातावरण निर्माणन गर्नेछ । विधेयकको सन्दर्भमा जुन प्रकारको प्रतिक्रिया सार्वजनिक भइरहेको छ त्यसले नै यो कुरा बोलेको छ । त्यसकारण आरोपबाट निष्कन पनि म आग्रह गर्न चाहान्छु । यो विधेयक व्यवसायिक वातावरण निर्माणका लागि ल्याइएको हो । लगानीमा एक प्रकारको संकुचनको स्थिति देखा पर्यो । व्यवसायिक वातावरण भएन भनेर निजी क्षेत्रले समस्याहरु राखे त्यो समस्या समाधान गर्ने हिसावले आएको छ । ’

सो विधेयकले मुलुकलाई समृद्धितिर अगाडि बढ्न सहयोग पु¥याउने मन्त्री पौडेलको भनाइ छ ।