१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । युगाण्डामा जारी वुमन्स टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नामिबियाले नेपाललाई १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एन्टेबे क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ रोजेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२५ रनको योगफल तयार पारेको हो ।

नामिबियाले बनाएको यो स्कोर जारी प्रतियोगितामा अहिलेसम्मको सबैभन्दा बढी हो ।

नामिबियाका लागि यस्बिन खानले ४५ र विल्का वातिलले २० रन बनाइन् । नेपालका लागि ईश्वरी विष्टले ३ विकेट लिइन् । यस्तै, रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया शर्माले समान एक विकेट लिए ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले र तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो ।

घरेलु टोली युगान्डालाई भने नेपालले एक विकेटले पराजित गरेको थियो । जारी प्रतियोगितामा तीन खेल बाँकी रहँदा नेपाल दुई अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तसर्थ नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब छ ।