२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । युगाण्डामा जारी वुमन्स टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नामिबियाले नेपाललाई १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एन्टेबे क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ रोजेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२५ रनको योगफल तयार पारेको हो ।

नामिबियाले बनाएको यो स्कोर जारी प्रतियोगितामा अहिलेसम्मको सबैभन्दा बढी हो ।

नामिबियाका लागि यस्बिन खानले ४५ र विल्का वातिलले २० रन बनाइन् । नेपालका लागि ईश्वरी विष्टले ३ विकेट लिइन् । यस्तै, रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया शर्माले समान एक विकेट लिए ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले र तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो ।

घरेलु टोली युगान्डालाई भने नेपालले एक विकेटले पराजित गरेको थियो । जारी प्रतियोगितामा तीन खेल बाँकी रहँदा नेपाल दुई अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तसर्थ नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब छ ।