३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणमा पक्षधरता लिने गरेको राप्रपको आरोप



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना लामाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणको आधार र मापदण्ड नबनाई पक्षधरलाई बाँडफाँड गरेको आरोप लगाउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले अमेरिकी सहयोग परियोजना युएस एडको अनुदान सहयोग समेत आयोगको मिलोमतोमा दुरुपयोग गरिएको आरोप लगाउनु भयो । उहाँले युएस एडको सहयोग दुरुपपायेग गर्नमा आयोथगका पदाधिकारीको समेत संलग्नता रहेको भन्दै आवश्यक छानविन गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणको आधार र मापदण्ड वितरणको पक्षधरको आधारमा बाँडफाँड गर्ने गरेको बुझिएको छ । सभामुख महोदाय यस्तै आयोगको स्वीकृतिबिना युएस एडको सहयोग दुरुपयोग भएको र यसमा आयोगकै पदाधिकारी संलग्न छन् भन्ने समाचार आएको छ । यसले गैरजिम्मेवारी पन देखाइएको छ । यसमा निष्पक्ष छानविन गरी सदनमा जानकारी गराउन माग गर्दछु ।’

उहाँले आयोगको संलग्नता र अनुदान वितरणको विषयमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।