१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसीसीको च्याम्पियन्स ट्रफी टिममा परेनन् रोहित, मिचेल सान्टनर कप्तान (सूचीसहित)



अ+ अ-

एजेन्सी । आईसीसीले भारतीय कप्तान रोहित शर्मालाई च्याम्पियन्स ट्रफी २०२५ को उत्कृष्ट टोलीमा समावेश गरेको छैन ।

न्युजिल्याण्डका मिचेल सान्टनर कप्तान बनेका छन् भने उनको टोलीका ४ खेलाडीले प्लेइङ–११ मा स्थान पाएका छन् ।

भारतबाट विराट कोहलीसहित ५ खेलाडी समावेश छन् । अक्षर पटेल १२ औं खेलाडी बने । अफगानिस्तानका दुई खेलाडीले पनि स्थान पाएका छन् ।

आयोजक पाकिस्तानसहित बाँकी ५ देशका कुनै पनि खेलाडीले टोलीमा स्थान पाउन सकेनन् ।

न्यूजिल्याण्डका बायाँ हाते ब्याटिङ अलराउन्डर रचिन रविन्द्रलाई आईसीसी च्याम्पियन्स ट्रफी ११ मा रोहितको ओपनिङ पोजिसनमा राखिएको छ ।

उनीबाहेक अलराउन्डर ग्लेन फिलिप्स, कप्तान मिचेल सान्टनर र फास्ट बलर म्याट हेनरी पनि न्यूजिल्याण्ड टिमबाट परेका छन् ।

रचिनले प्रतियोगितामा ४ खेलमा २ शतकसहित २६३ रन बनाएका छन् । उनी प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट समेत चुनिए ।

अफगानिस्तानका ओपनर इब्राहिम जाद्रान पनि उत्कृष्ट प्लेइङ–११ को हिस्सा बन्न सफल भए । उनले १ शतक प्रहार गर्दै २१६ रन बनाए । उनले इंग्ल्याण्ड विरुद्ध बनाएको १७७ रनको स्कोर प्रतियोगिताको सर्वोच्च व्यक्तिगत स्कोर थियो ।

अफगानिस्तानका अलराउन्डर अजमातुल्लाह ओमरजाई पनि टोलीमा सामेल भएका छन् । उनले ३ खेलमा ४२ को औसतमा १२६ रन बनाएका छन् भने ७ विकेट पनि लिएका छन् । उनले इंग्ल्याण्डविरुद्ध ५ विकेट लिएर टोलीलाई जित दिलाएका थिए ।

भारतका ५ खेलाडीले प्लेइङ–११ मा स्थान पाएका छन् । जसमा विराट कोहली, श्रेयस अय्यर, विकेटकिपर केएल राहुल, स्पिनर वरुण चक्रवर्ती र फास्ट बलर मोहम्मद शामी छन् । यस्तै, भारतका अक्षर पटेल १२ औं खेलाडीको रुपमा टिममा परेका छन् ।