११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु



अ+ अ-

झापा। बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

बिहीबार दिउँसो करिब १ः३५ बजे घोडामाराबाट राजगढतर्फ जाँदै गरेका बाह्रदशी गाउँपालिका–३ का ५० वर्षीय प्रेमबहादुर पौडेल सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको प्र–१–०१–०१९प २६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि निजको उपचारकै क्रममा राति करिब ८ः३० बजे बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–४ चकचकीका ३० वर्षीय कुन्दन गणेश पनि घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ ।

उहाँको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । रासस