१५ श्रावण २०८३, शुक्रबार
,
Latest
पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड प्रदेशहरूको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि



अ+ अ-

ब्रसेल्स। मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा मूल्यमा आएको वृद्धिको प्रभावले जुलाई महिनामा युरो क्षेत्रको मुद्रास्फीति पुनः बढेको छ ।

विश्लेषकको अनुमान अनुरूप जारी तथ्याङ्क अनुसार उपभोक्ता मूल्य वृद्धिदर जुनको २.८ प्रतिशतबाट जुलाईमा २.९ प्रतिशत पुगेको छ ।

युरोपेली सङ्घ (इयु) को तथ्याङ्क निकाय युरोस्ट्याटले शुक्रबार सार्वजनिक गरेको विवरणमा मुद्रास्फीति अझै पनि युरोपेली केन्द्रीय बैङ्क (इसीबी) को दुई प्रतिशत लक्ष्यभन्दा उल्लेखनीय रूपमा माथि रहेको छ ।

इसीबीकी अध्यक्ष क्रिस्टिन लागार्डले गत साता अमेरिका-इरानबिचको द्वन्द्वका कारण ऊर्जा बजारमा थप दबाब पर्न सक्ने र त्यसको असर मुद्रास्फीतिमा अझ तीव्ररूपमा देखिन सक्ने चेतावनी दिनुभएको थियो ।

इसीबीले जुलाई २३ मा आफ्नो प्रमुख निक्षेप ब्याजदर यथावत् राखे पनि मध्यपूर्वको तनावका कारण मूल्य वृद्धि थप चर्किन सक्ने आकलन गर्दै सेप्टेम्बरमा ब्याजदर बढाउने सम्भावना खुला राखेको छ ।

यसै महिनामा अमेरिका र इरानबिच नयाँ सैन्य आक्रमण भएका भए पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले दुवै पक्षबिच वार्ता जारी रहेको जनाएको छ ।

ऊर्जा र खाद्यजस्ता अस्थिर वस्तुलाई बाहिर राखेर गणना गरिने ‘कोर मुद्रास्फीति’ पनि जुनको २.४ प्रतिशतबाट बढेर जुलाईमा २.५ प्रतिशत पुगेको युरोस्ट्याटले जनाएको छ ।

तथ्याङ्कअनुसार जुलाईमा ऊर्जा मूल्य वृद्धिदर ८.५ प्रतिशतबाट बढेर १० प्रतिशत पुगेको छ । त्यस विपरीत खाद्य तथा पेय पदार्थको मुद्रास्फीति भने जुनको १.५ प्रतिशतबाट घटेर जुलाईमा १.२ प्रतिशतमा झरेको छ । रासस/एएफपी