२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन नेकपा एसको आह्वान



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन आह्वान गरेको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो आह्वान गरेको हो । बैठकमा वर्तमान परिस्थितिका बारेमा लामो छलफल भएको र राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरु सल्बलाइरहेको भन्दै गणतन्त्रका बिरुद्धमा षड्यन्त्र हुन नदिन गणतन्त्रवादी शक्तिहरुलाई एक हुन आह्वान गर्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले बताउनु भयो ।

उहाँले गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र भएको निस्कर्ष पार्टीको रहेको बताउनु भयो । प्रतिगनकारी, यथास्थितिवादी शक्तिहरुका षड्यन्त्रलाई परास्त गर्न सबै गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान परिस्थितिका बारेमा लामो छलफल भयो । कतिपय पार्टीका आन्तरिक सवालहरुमा छलफल भयो । यतिबेला राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरु जुन ढंगले सल्बलाइरहेका छन्, चलखेल गरिरहेका छन्, गणतन्त्रका बिरुद्धमा षड्यन्त्र भइरहेका छन् । त्यसका विषयमा अलि लामो बहस र छलफल भयो । यो गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र हो ।

पछाडि फर्किन सकिँदैन, पश्चगमन स्वीकार्य छैन र त्यस्ता गतिविधिको बिरुद्धमा हामी छौँ । यस्ता गतिविधिका बिरुद्धमा एकतावद्ध हुन, संविधान, गणतन्त्रको रक्षा गर्न गणतन्त्रवादी शक्तिहरुले आत्मसमिक्षा गर्नुपर्छ, प्रतिगनकारी, यथास्थितिवादी शक्तिहरुका षड्यन्त्रलाई परास्त गर्नुपर्छ भन्ने निस्कर्ष छ ।

प्रतिगमनकारी शक्तिहरुको बिरोध गर्दै सम्पूर्ण गणतन्त्रवादी शक्तिहरु, गणतन्त्रवादी जनसमुदायलाई गणतन्त्रको रक्षाको लागि एकतावद्ध हुने निर्णय भएको छ । रोजगारी र सुशासनको निम्ति आन्दोलन अघि बढाउँदैछौँ, आन्दोलनको पक्षमा उभिन र आन्दोलनलाई सशक्त बनाउन आग्रह गर्ने निर्णय गरेका छौँ । चैत्र १ गते वृहत पत्रकार सम्मेलनमार्फत आन्दोलनको रुपरेखा प्रश्तुत गर्ने निर्णय भएको छ ।’

बैठकले रोजगारी र सुशासनको निम्ति आन्दोलन अघि बढाउने र आन्दोलनको रुपरेखाबारे जानकारी दिन चैत्र १ गते पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।