१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहलाई लिएर शोएब अख्तर रिसाए



अ+ अ-

काठमाडौँ । पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तरले आइतबार दुबई इन्टरनेशनल स्टेडियममा सम्पन्न च्याम्पियन्स ट्रफी अवार्ड समारोहमा पाकिस्तानबाट एक जना पनि प्रतिनिधि नरहेकोमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को आलोचना गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भने कि पीसीबीले मञ्चमा एक जना पनि प्रतिनिधिलाई नपठाउनु लाजमर्दो कुरा हो । च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको थियो ।

शोएब अख्तर

अवार्ड समारोहमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अध्यक्ष जय शाह, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) का अध्यक्ष रोजर बिन्नी, सचिव देवजित साइकिया र न्यूजिल्याण्ड क्रिकेट (एनजेडसी) का निर्देशक रोजर टौज मञ्चमा उपस्थित थिए ।

मञ्चमा पाकिस्तानका कुनै पनि अधिकारी थिएनन् । जबकि पाकिस्तान च्याम्पियन्स ट्रफी २०२५ को आधिकारिक आयोजक थियो । च्याम्पियन्स ट्रफीका टूर्नामेन्ट निर्देशक समेत रहेका पीसीबीका प्रमुख अपरेटिङ अफिसर सुमैर अहमद दुबईमा उपस्थित थिए तर उनलाई मञ्चमा बोलाइएको थिएन ।

पाकिस्तानले २९ वर्षपछि आईसीसी प्रतियोगिता आयोजना गरेको थियो ।