एजेन्सी । भारतीय टिमका कप्तान रोहित शर्माले एकदिवसीय क्रिकेटबाट तत्काल सन्यास नलिने भएका छन् ।
आइतबार च्याम्पियन्स ट्रफीको उपाधि जितेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी दिनमा पनि खेल्ने बताए ।
फाइनलमा भारतले न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै तेस्रो उपाधि जित्न सफल भयो । रोहितको कप्तानीमा भारतले गत वर्ष टी–२० विश्वकप–२०२४ को उपाधि जितेको थियो ।
यसपछि रोहितको कप्तानीमा च्याम्पियन्स ट्रफी–२०२५ को उपाधि जितेको हो । योसँगै रोहितले महेन्द्र सिंह धोनीको कीर्तिमान बराबरी गरेका छन् । उनी धोनीपछि एकभन्दा बढी आईसीसी ट्रफी जित्ने भारतका दोस्रो कप्तान बनेका छन् ।
यस खेलमा रोहितले ७६ रनको इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए ।










