१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित

भोटेकोशी बाढी उद्धारमा चीनले दिएको भारी क्षमताका ड्रोन परिचालन

भोटेकोशी बाढी उद्धारमा चीनले दिएको भारी क्षमताका ड्रोन परिचालन
अ अ+ अ-

काठमाडौं, भदौ २६ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत वितरणका लागि चीन सरकारले नेपाललाई उपलब्ध गराएका भारी क्षमताका ड्रोन परिचालन गरिएको छ । सडक तथा पुलहरू बाढी र पहिरोले क्षतिग्रस्त भई पुग्न कठिन भएका क्षेत्रमा राहत सामग्री पुर्‍याउन ड्रोन प्रयोग गर्न थालिएको हो ।

चीन सरकारले हालै नेपाललाई उपलब्ध गराएका DJI FlyCart 100 ड्रोन नेपालमा उद्धार तथा राहत कार्यमा प्रयोग भइरहेका छन् । यी ड्रोनमा करिब ९८ फिट लामो डोरी र विन्च प्रणाली जडान गरिएको छ, जसबाट भारी सामग्री ओसारपसार गर्नुका साथै आवश्यक अवस्थामा सामान उठाउने तथा झार्ने काम गर्न सकिन्छ ।

चिनियाँ ड्रोन निर्माता कम्पनी DJI का अनुसार FlyCart 100 ले ब्याट्रीको संयोजन र मौसमको अवस्थाअनुसार अधिकतम ८५ देखि १०० किलोग्रामसम्म भार बोक्न सक्छ । चिनियाँ दूतावासका अनुसार नेपालमा परिचालित चारवटा कार्गो ड्रोनले दुर्गम तथा सडक पहुँच नभएका क्षेत्रमा आवश्यक राहत सामग्री छिटो र लक्षित रूपमा पुर्‍याइरहेका छन् । दुईवटा ब्याट्री प्रयोग गर्दा यसको अधिकतम भारवहन क्षमता ८५ किलोग्राम रहेको दूतावासले जनाएको छ ।

भोटेकोशी बाढीले नदी आसपासका सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । यातायात सम्पर्क विच्छेद भएका कतिपय स्थानमा स्थलमार्गबाट पुग्न कठिन भएपछि राहत तथा उद्धारका लागि हवाई साधनको प्रयोग महत्वपूर्ण बनेको छ ।

नेपाल सेनाले नेपाली तथा चिनियाँ प्राविधिक टोलीको सहयोगमा यी ड्रोन सञ्चालन गरिरहेको छ । नेपाल सेनासँग आबद्ध ड्रोन पाइलट अनिल प्रधानका अनुसार ड्रोनले ८५ किलोग्रामसम्मको भार बोक्न सक्छ ।

“हामी प्रधानमन्त्री कार्यालयबाट यहाँ आएका हौँ । ड्रोनले ८५ किलोसम्मको भार बोक्न सक्छ । भोटेकोशी–त्रिशूली नदी पारि सामान पुर्‍याउन यो निकै उपयोगी भएको छ,” प्रधानले भने, “उडानअघि उचाइ, दूरी र अल्टिच्युडलगायत प्राविधिक विषय मिलाउँछौँ । नेपाल सेनासँगको समन्वय र हेलिकप्टरको उडानलाई ध्यानमा राखेर सुरक्षित रूपमा सञ्चालन गरिरहेका छौँ । दिनमा करिब ३० पटकसम्म उडान गर्छौँ ।”

सडक र पुलहरू भत्किएका तथा हेलिकप्टरहरू खोज तथा उद्धारमा व्यस्त रहेका अवस्थामा ड्रोनमार्फत खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन सहज भएको छ ।

भदौ १० गते नेपाल–तिब्बत सीमा नजिक भएको हिमताल विस्फोटजन्य बाढीपछि भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । उद्धार तथा खोजी कार्य अझै जारी रहेको अवस्थामा भारी क्षमताका ड्रोनले दुर्गम क्षेत्रमा राहत पुर्‍याउने वैकल्पिक माध्यमका रूपमा काम गरिरहेका छन् ।

चीनबाट प्राप्त ड्रोनसहित अन्य उद्धार उपकरण र राहत सामग्रीले विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याइरहेका छन् ।