२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहलक्षित माओवादी सांसदको आरोपः वंश विनाश गर्नेले राजा फर्काउने नाटक मञ्चन गर्दैछन्



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप लगाउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरिरहेको आरोप लगाउनुभएको हो ।

उहाँले विश्वका धेरै देशहरुमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर राजतन्त्रको अन्त्य गरेको बताउनु भयो । उहाँले राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरु अहिले राजा फर्काउने काममा लागेको भन्दै असन्तुष्टि जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वका धेरै देशहरुमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर, सबैभन्दा कठिन र चुनौतिपूर्ण संघर्ष गरेर अढाइ सय वर्ष अघिदेखि जरा गाडेर बसेको निरंकुश सामन्तवाद राजतन्त्रको अन्त्य गरेका हौँ । त्यो राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरु अहिले राजा फर्काउने भन्दैछन् । जसले राजाको वंश विनाश गरेका हुन्, तिनैले राजा फर्काउने एउटा नाटक मञ्चन गरिरहेका छन् । संविधान बिरोधी, व्यवस्था बिरोधी हर्कत उनीहरुले गरिरहेका छन् । यो अराजकतालाई नियन्त्रण गर्न सरकारले किन सकिरहेको छैन । प्रतिपक्षको कुरा सरकारले किन सुनिरहेका छैन । देश बजेट ल्याउने अवस्थामा आइपुगेको छ । ५० प्रतिशत पनि पुँजीगत खर्च हुन सकेको छैन । जसले वंश विना गरे उनैले राजा फर्काउने नाटक मञ्चन गरिरेहका छन् ।’

उहाँले सरकारले राष्ट्रिय सहमति खोज्नुपर्ने बेलामा पनि सरकारले त्यस्तो हुन नसकेको बताउनु भयो ।