१५ श्रावण २०८३, शुक्रबार
,
Latest
फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड प्रदेशहरूको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि अधिकारीको ‘पानीको परेड’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । कवि तथा गीतकार दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित कार्यक्रममा कविद्वय डा नवराज लम्साल र मोमिलालाई आफ्नो कविता सङ्ग्रह उपहार प्रदान गरेसँगै कृति सार्वजनिक गरिएको हो ।

नेपालयले प्रकाशनमा ल्याएको उक्त कविता सङ्ग्रहमा कवि अधिकारीले २०६४ सालदेखि २०८० सालसम्म लेख्नुभएका पूर्वप्रकाशित र अप्रकाशितसमेत गरी ७७ वटा कविता समेटिएका छन् । यो उहाँको १७औँ कृति हो ।

कवि लम्सालले अधिकारी वस्तुगत चेतनामाथि आत्मगत हस्तक्षेप गर्न सक्ने अतिरिक्त सामथ्र्य भएको काव्यिक क्षमताका कविका रूपमा स्थापित हुनुभएको बताउनुभयो । कवि तथा निबन्धकार मोमिलाले अधिकारी कवितामा कलात्मक पाराले मसिनो ढङ्गबाट अभिव्यक्त गर्ने सीमान्त शिल्पी र शब्दका जादुगरका रूपमा रहनुभएको धारणा राख्नुभयो ।

अन्तरराष्ट्रिय नारी दिवसका सन्दर्भ पारेर कृति सार्वजनिक गरिएको हो । कवि अधिकारीले सङ्घर्ष र सौहाद्र्रताको स्मरण गर्दै आफ्नो कविता–यात्रा ५०औँ वर्षमा प्रवेश गर्न लागेकामा खुसी व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले ‘आमा’, ‘अन्तिम तयारी’, ‘बिहे’ र ‘अचानक एक दिन’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।