१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ स्वीकृत भएको छ । सभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो । सभामुख देवराज घिमिरेले उक्त विधेयकमाथि संशोधन पेस गर्न चाहने सांसदले संसद् सचिवालयको विधेयक शाखामा आफ्नो संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो ।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले हरितगृह ग्यास उत्सर्जनबाट वातावरणमा पर्ने प्रभाव न्यूनीकरण तथा अनुकूलनमार्फत हरित अर्थतन्त्र प्रवद्र्धन, ऊर्जा सम्मिश्रण र ऊर्जा सुरक्षाको सुनिश्चितता गर्न विधेयक ल्याउनुपरेको स्पष्ट पार्नुभयो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा कान्तिका सेजुवाल, डा अमरेशकुमार सिंह, अमनलाल मोदी, शिशिर खनाल, सुनिता बराल, विमला सुवेदी, कालुराम राई, प्रेम सुवाल, मैना कार्की, ज्ञानेन्द्रबहादुर कार्की, सराज अहमद फारुकी, चन्दा कार्की भण्डारी, नारायणप्रसाद आचार्य, रामहरि खतिवडा, मनीष झा, रणेन्द्र बराली, उर्मिला माझी, राजेन्द्रकुमार केसी, दयालबहादुर शाही, ठाकुरप्रसाद गैरे, अम्बरबहादुर रायमाझी र माधव सापकोटाले भाग लिनुभएको थियो ।

रामा आयोगको वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभामा ‘राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन आव २०८०÷८१’ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो प्रतिवेदन पेस गर्नुभयो ।

प्रतिनिधिसभा अर्को बैठक यही फागुन २७ गते मङ्गलबार अपराह्न १ बजे बस्नेछ ।