२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको छः मन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तराई–मधेशका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसदहरु सोधेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले सुरुङ निर्माणमा समेत उल्लेखनीय प्रगति भएको बताउँदै छिट्टै निर्माण सम्पन्न भइ सञ्चालनमा आउने दाबी गर्नुभयो । उहाँले सडक दुर्घटना न्युनिकरण गर्न सडक विभाग, यातायात व्यवस्था विभाग एवं सडक सुरक्षा परिषद्मार्फत विभिन्न कार्यहरु गरिएको उल्लेख गर्नुभयो । उहाँले भाडादर समेत स्वचालित हुनेगरी व्यवस्था गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुरुङ निर्माणमा उल्लेखनीय प्रगति भइरहेको छ र छिट्टै निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा आउने छ । तराई मधेशका जनतालाई सुविधा दिनको लागि निर्माण गरिएको हुलाकी राजमार्ग लगायत राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको छ ।’

मन्त्री दाहालले सडक तथा पूवार्धार निर्माणका कामलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको बताउनु भयो ।