१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सचिव नियुक्तिमा तोसिमाले मागिन् प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको जवाफ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले मन्त्रिपरिषद् बैठकले वरीयता मिचेर स्वास्थ्य मन्त्रालयमा सचिव नियुक्त गरेको भन्दै प्रश्न गरेकी छिन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो भन्दै प्रश्न गरेकी हुन् ।

साथै, कार्कीले सिनियर अतिरिक्त सचिव भएर पनि स्वास्थ्य मन्त्रालयको सचिव नबनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग जवाफ मागेकी छन् ।  उनले भनिन्,’स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ स्वास्थ्य सचिवको नियुक्ति भएको छ । सिफारिसको आधारमा र वरिष्ठताको आधारमा एक नम्बरमा रहनुभएकी डा। संगीता कौशल मिश्र पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो । क्याबिनेटले यस्तो निर्णय किन गर्‍यो ? पुरुष मन्त्रीले महिला सचिवलाई स्वीकार नै नगर्ने हो ? प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र सामान्य प्रशासनमन्त्रीज्यूले यो संसदमा जवाफ दिनुपर्छ । म सभामुख महोदयमार्फत जवाफको माग गर्दछु ।’