७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचिसहित श्वेतपत्र जारी गरियोस्ः सांसद खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचिसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो माग गर्नुभएको हो ।

उहाँले एनजिओ तथा आइएनजिओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बद्नाम गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘एनजिओ र आइएनजीओका नाममा आएका रकमहरु कति छन् । त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ सरकारले भएको के हो श्वेतपत्रको रुपमा जारी गरोस् ।’

उहाँले अमेरिकाले गैरकानूनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताउनु भयो । अन्तर्राष्ट्रिय मानव अधिकार मूल्य मान्यतामा रहेरमात्र गैरआवासीय फिर्ता गर्न समेत हुने माग गर्नुभएको छ ।