२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा आतंकवादी हमलामा १८ जनाको मृत्यु, ३२ जना घाइते



अ+ अ-

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तको एक क्यान्टोनमेन्ट क्षेत्रलाई लक्षित गरी आतंककारीहरूले आक्रमण गर्दा १२ जना सर्वसाधारण र छ जना आतंककारी मारिएका छन् । अन्य ३२ जना घाइते भएका छन् ।

प्रान्तको बन्नु जिल्लामा सुरक्षा बलको समयमै प्रतिक्रियाका कारण आत्मघाती बमवर्षकहरू सहित आतंककारीहरूको समूहले क्यान्टोनमेन्ट क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको थियो तर असफल भएको केपी सरकारका प्रवक्ता मोहम्मद अली सैफले बताउनु भयो । कि शक्तिशाली विस्फोट पछि नजिकैका भवनहरू र एउटा मस्जिदको छाना भत्किएको छ छ । जसमा १२ जना सर्वसाधारणको मृत्यु भयो भने ३२ जना घाइते भएका छन् ।

घटनापछि प्रहरी, सुरक्षा बल र उद्धार टोलीको ठूलो टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई जिल्ला सदरमुकाम अस्पतालमा पुर्याएको छ । धेरैको अवस्था गम्भीर रहेको छ । अस्पताल स्रोतका अनुसार जिल्लाका सबै अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।सामाजिक सञ्जालमा एक सन्देशमा तहरीक–ए–तालिबान पाकिस्तानको हाफिज गुलबहादुर समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।

पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले आतंकवादी हमलाको कडा निन्दा गर्दै रमजानको पवित्र महिनामा यसलाई एक जघन्य कार्यको रूपमा वर्णन गर्नुभएको छ ।