२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै दलका लागि इतिहास लेख्ने अवसरः सुनिता बराल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी सचेतक सुनिता बरालले संसदमा पेश हुन लागेको अध्यादेशहरु इतिहास लेख्ने अवसर भएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको शुन्य सयममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा जाँदा सबै राजनीतिक दलहरुले प्रश्तुत गरेका घोषणा पत्र अनुसार सरकारले पेश गर्न लागेको अध्यादेश सबै दलहरुले साझा बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी दलीय राजनीतिमा छौँ र निर्वाचनमा जाँदा सबैले आ—आफ्ना घोषणा पत्रमा सुन्दर विषय उल्लेख गरेका हुन्छौँ । आज नेपाल सरकारले पाँच वटा अध्यादेशहरु निर्णयार्थ सदनमा प्रश्तुत गर्दैछ । जसमा नेपालका आर्थिक विकास र प्रगतिका विषयहरु, रोजगारीको सिर्जना, व्यावसायिहक वातावरणको निर्माण, सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो बनाउने र सुशासनलाई थप समृद्ध बनाउने विषयहरु छन् । हिजो सुन्दर इतिहास पढ्दै आएको यो थलो आज इतिहास लेख्ने एउट अवसरका प्राप्त गरेका छौँ । यो अवसरमा सबै दलहरुलाई र मानीयहरुलाई आज पेश हुने अध्यादेशहरुलाई साझा बनाएर अगाडि बढ्नका लागि अनुरोध गर्न चाहन्छु ।’

सरकारले आजको संसद बैठकमा पाँच वटा अध्यादेश निर्णयार्थ पेश गर्न लागेको छ ।




भर्खरै