२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउँदो आर्थिक वर्षको बजेट पुराना आयोजना पूरा गर्ने गरी ल्याउनुपर्छः काँग्रेस सांसद घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आउँदो आर्थिक वर्षको बजेट अधुरा र सम्पन्न हुन नसकेका आयोजनाहरु सम्पन्न गर्नेगरी ल्याउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले प्रत्येक वर्ष नयाँ कार्यक्रम थप्ने तर पूरा नगर्ने प्रवृत्तिका कारण आयोजनाहरु सम्पन्न हुन नसकेको बताउनु भयो । उहाँले लथालिङ्ग र भद्रगोल अवस्थामा योजना छनोट गरेर बजेट विनियोजन गरिएको भएपनि योजनाहरु सम्पन्न हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजेट बनाउने बेला हुँदै छ । बजेट बनाउँदा नयाँ नयाँ कार्यक्रमहरु थप्ने तर पुरा नगर्ने महारोग यो देशमा देखियो । अब यसले चाहीँ लथालिङ्ग र भद्रगोल अवस्थामा योजना छनोट गरेर बजेट विनियोजन गरेको छ । तर कुनैपनि योजनाहरु सम्पन्न भएका छैन । त्यसकारण यो वर्ष नयाँ योजना भन्दा पुराना र थालिएका योजनाहरुलाई सम्पन्न गर्नेगरी बजेट विनियोजनमा राखियोस् भन्ने सभामुखमार्फत सरकारसँग आग्रह गर्न चाहन्छु ।’

उहाँले थालिएका योजनाहरु सम्पन्न गर्नेगरी अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताउनु भयो ।