२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दै



अ+ अ-

एजेन्सी । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो सेमिफाइनल खेलमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दैछन् । लाहोरको गद्दाफी क्रिकेट स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसोको २ः४५ बजे बाट सुरु हुनेछ ।

आईसीसी च्याम्पियन्स ट्रफीमा दुवै टोली तेस्रो पटक भिड्दैछन् । अघिल्लो खेलमा दुवैले १–१ को जित निकालेका थिए । पछिल्लो पटक यी दुईले एकदिवसीयमा फेब्रुअरीमा त्रिकोणात्मक सिरिजमा आमनेसामने गरेका थिए, जसमा न्यूजिल्याण्ड ६ विकेटले विजयी भएको थियो।

एकदिवसीयमा दक्षिण अफ्रिका अगाडि

दक्षिण अफ्रिका र न्यूजिल्याण्डबीच अहिलेसम्म ७३ ओडीआई खेलिएको छ । जसमध्ये दक्षिण अफ्रिकाले ४२ र न्युजिल्यान्डले २६ खेल जितेको छ । ५ खेल भने अनिर्णित रह्यो । दुवै टोली लाहोरमा दोस्रो पटक भिड्दैछन् । यसअघि फेब्रुअरीमा दुवै त्रिकोणीय सिरिजमा आमनेसामने भएका थिए ।

आजको विजेता टोलीले फाईनलमा भारतसँग खेल्नेछ । भारतले मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गरेको थियो । च्याम्पियन्स ट्रफीको फाइनल खेल आइतबार मार्च ९ मा हुने छ ।

दुबै टोलीको सम्भावित प्लेइङ– ११:

दक्षिण अफ्रिकाः टेम्बा बावुमा (कप्तान), एडेन मार्कराम, रायन रिकेल्टन, रस्सी भान डेर डुसेन, हेनरिक क्लासेन (विकेटकिपर), डेभिड मिलर, वेन मुल्डर, मार्को जेन्सन, कागिसो रबाडा, केशव महाराज र लुंगी एनगिडी।

न्यूजिल्याण्डः मिचेल सान्टनर (कप्तान), विल यंग, ​​रचिन रविन्द्र, केन विलियमसन, डेरिल मिचेल, टम लाथम (विकेटकिपर), ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, म्याट हेनरी, काइल जेमिसन र विलियम ओुरुर्के।