१२ श्रावण २०८३, मंगलवार
,
Latest
असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः आर्सनलको सानदार जित, लिलसँग बराबरीमा रोकियो डर्टमण्ड



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले सानदार जित निकालेको छ ।

गएराति भएको राउण्ड अफ १६ को खेल अन्तर्गथ पहिलो लेगमा आर्सनलले डच क्लब पिएसभीलाई उसकै घरेलु मैदानमा ७–१ गोलले हराएको हो ।

आर्सनललाई फराकिलो जित दिलाउन मार्टिन ओडेगार्डले दुई गोल गरे भने जुरियन टिम्बर, इथान न्वानेरी, मिकेल मेरिनो, लियान्ड्रो ट्रोसार्ड र रिकार्डो कालाफिओरीले एक–एक गोल गरे । पिएसभीका लागि एकमात्र गोल नोआ लांगले पेनाल्टीमा गरे ।

यो नतिजासँगै आर्सनलको क्वाटरफाइनल यात्रा सहज बनेको छ । अब दोस्रो लेग आर्सनलको घरेलु मैदानमा हुनेछ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्ड र एलओएससी लिलले बराबरी खेलेका छन् । डर्टमण्डको घरेलु मैदानमा दुबै टोलि १–१ गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको २२ औं मिनेटमा करिम एडेयमीले गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ६८ औं मिनेटमा आर्नर हाराल्डसनले गोल गर्दै लिललाई हारबाट जोगाए । अब दोस्रो लेगको खेल मार्च १२ मा लिलको मैदानमा हुनेछ ।