६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः आर्सनलको सानदार जित, लिलसँग बराबरीमा रोकियो डर्टमण्ड



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले सानदार जित निकालेको छ ।

गएराति भएको राउण्ड अफ १६ को खेल अन्तर्गथ पहिलो लेगमा आर्सनलले डच क्लब पिएसभीलाई उसकै घरेलु मैदानमा ७–१ गोलले हराएको हो ।

आर्सनललाई फराकिलो जित दिलाउन मार्टिन ओडेगार्डले दुई गोल गरे भने जुरियन टिम्बर, इथान न्वानेरी, मिकेल मेरिनो, लियान्ड्रो ट्रोसार्ड र रिकार्डो कालाफिओरीले एक–एक गोल गरे । पिएसभीका लागि एकमात्र गोल नोआ लांगले पेनाल्टीमा गरे ।

यो नतिजासँगै आर्सनलको क्वाटरफाइनल यात्रा सहज बनेको छ । अब दोस्रो लेग आर्सनलको घरेलु मैदानमा हुनेछ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्ड र एलओएससी लिलले बराबरी खेलेका छन् । डर्टमण्डको घरेलु मैदानमा दुबै टोलि १–१ गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको २२ औं मिनेटमा करिम एडेयमीले गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ६८ औं मिनेटमा आर्नर हाराल्डसनले गोल गर्दै लिललाई हारबाट जोगाए । अब दोस्रो लेगको खेल मार्च १२ मा लिलको मैदानमा हुनेछ ।