४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली पुरुष फुटबल टीमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका म्याट रस नियुक्त भएका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा म्याट औपचारिक रूपमा नियुक्त भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फाका महासचिव किरण राईको उपस्थितिमा रसले औपचारिक रूपमा प्रारम्भिक एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

रस पहिलो पटक पुरूष टिमको प्रशिक्षक बनेका हुन् । उनले यसअघि सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिए । यस्तै, रससँग चीनको यू–१५ राष्ट्रिय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेको अनुभव पनि छ ।

यस्तै, जर्मनीको फ्रान्कफर्ट महिला टिमको भिडियो एनालिस्ट हुँदै कार्यवाहक प्रशिक्षकदेखि मुख्य प्रशिक्षक सम्म बनेका रस प्रशिक्षक रहँदा सन् २०१५ मा फ्रान्कफर्टले यूईएफए वुमन्स च्याम्पियन्स लिगको उपाधि समेत जितेको थियो ।

यसअघि नेपालको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस थिए ।