७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको छः सांसद तिमिल्सिना



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले जनताले वचत गरेको रकम सहकारीले हिनामिना गरेर जनतालाई बिचल्लीमा पारेको आरोप लगाउनु भयो । उहाँले राजनीतिक दलहरु नसम्हालिँदा दलका नेता र कार्यकर्ता नै सहकारी ठगीमा संलग्न रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकले डुबाएको छ । आफ्नो जीवन धान्नको लागि वृद्धवृद्धाले एकएक गरी वचत गरेको रकम एकपछि अर्को सहकारीले तहसनहस बनाएको छ । आज आआफनो ठाउँमा आफ्ना कार्यकर्तालाई सम्हाल्न नसक्दाखेरि विभन्न दलका नेता र कार्यकर्ताहरु नै सहकारीमा मुछिएका छन् ।’

उहाँले सरकार सहकारी पीडितलाई न्याय कहिले दिने रु भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो ।