३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.24

Wind: 2.57

Humidity: 57

Latest
च्याम्पियन्स लिगः रियल र आर्सनल आमनेसामने, इन्टरसँग बदला लिने दाउमा बायर्न नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व छैनः अध्यक्ष ठाकुर प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेद्वारा सुझाव पेस चिनियाँ राष्ट्रपति सी र मलेसियाली नेताबीच भेटवार्ता चिकित्सा शिक्षा आयोगको बैठक: मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन ‘विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइने’ बजेट अधिवेशनमा शिक्षा विधेयक टुङ्ग्याउन सम्भव छैनः सभामुख तराई–मधेस जागरण अभियान आजदेखि पुनः सुरू प्रभु बैंक र गोरखा गार्डन होटलबीच सम्झौता नेप्से परिसूचक सात अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखा शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया



अ+ अ-

सिन्धुली। तिलगङ्गा आँखा प्रतिष्ठान, गोलञ्जोर गाउँपालिका र स्थानीय सुनकोशी सामुदायिक अस्पतालद्वारा संयुक्त रूपमा आयोजित मोतियाबिन्दुको शल्यक्रियासम्बन्धी शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया गरिएको छ ।

सो गाउँपालिका–७ खुर्कोटमा आयोजित दुईदिने शिविरमा प्रतिष्ठानले शल्यक्रियाका लागि छनोट गरेका एक सय जनाको शल्यक्रिया गर्ने पालिकाका उपप्रमुख ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।

शिविरमा शल्यक्रिया गरिएका सबै बिरामीलाई आवश्यक औषधि र चश्मासमेत निःशुल्क उपलब्ध गराइएको छ । त्यस अवसरमा उपप्रमुख न्यौपाने र सामुदायिक अस्पताल सञ्चालक समितिका अध्यक्ष केशव देवकोटाले जनतालाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने राज्यको लक्ष्यअनुरूप शिविर सञ्चालन गरी सेवा प्रदान गरिएको बताए। रासस