११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कंगनाले जावेद अख्तरसँग माफी मागिन्, के थियो मुद्दा ?

कंगनाले जावेद अख्तरसँग माफी मागिन्, के थियो मुद्दा ?
अ अ+ अ-

एजेन्सी । विगत ५ वर्षदेखि चलिरहेको कंगना रनौत र जावेद अख्तरबीचको मानहानीको मुद्दा शुक्रबार सकिएको छ । अभिनेत्रीले मुम्बईको बान्द्रा अदालतमा जावेदसँग माफी मागेकी छिन् । उनले बयानमा भनिन्, ‘मेरो कारणले उहाँ (जावेद) लाई पर्न गएको असुविधाको लागि म माफी चाहन्छु।’

जावेदले अभिनेत्री विरुद्ध २०२० मा मानहानीको मुद्दा दायर गरेका थिए । अभिनेत्रीले एक अन्तर्वार्तामा क्रिश ३ मा जावेदले उनलाई राकेश रोशन र उनको परिवारसँग सम्झौता गर्न भनेका बताएकी थिईन् । त्यो बेला कंगना र ऋतिकको अफेयरलाई लिएर विवाद चलिरहेको थियो ।

कंगनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा स्टोरी सेयर गर्दै लेखेकी छिन्, ‘आज जावेद जी र मेरो मानहानीको मुद्दामा मेलमिलाप भएको छ । जावेद जी एकदमै राम्रा छन् र उनी पनि निर्देशकका रूपमा मेरो अर्को फिल्मका लागि गीत लेख्न राजी भएका छन् ।’

बान्द्रा अदालतमा एक घण्टासम्म सुनुवाई चलेको थियो । यस क्रममा रनौतका वकिल रिजवान सिद्दीकी र अख्तरका वकिल जयकुमार भारद्वाजले बहस गरेका थिए । सोहि क्रममा रनौतले भनिन्, ‘त्यतिबेला गलत बुझाईका कारण बयान दिएको हो । म फिर्ता लिन्छु।’

यस्तै, सिद्दिकीले भनेका छन्, ‘हामी लामो समयदेखि मध्यस्थताको खोजीमा थियौँ । हामीले एकअर्कासँग ड्राफ्टहरू पनि साझा गर्यौं। अन्ततः, हामीले मुद्दा हल गर्यौं। कुनै समस्या थिएन, केवल शब्दहरू मिलाउनु पर्ने थियो, जुन आज भयो। हामीले मस्यौदा तयार गर्‍यौं, हस्ताक्षर गर्‍यौं र आज दुवै मुद्दा फिर्ता लिइयो।’

पूरै मामिला के हो ?

२०२०ः कंगना रनौतले सुशान्त सिंह राजपुतको मृत्यु पछि एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा महेश भट्ट, करण जोहर र जावेद अख्तरलाई आत्महत्या गर्ने गिरोह भनेकी थिइन् । केही समयपछि कंगनाले पिंकभिलालाई दिएको अन्तर्वार्तामा जावेद अख्तरले आफू र ऋतिक रोशनबीच विवाद हुँदा जावेदले उनलाई घरमा बोलाएर धम्की दिएको बताएकी थिइन् । उनले भनेकी थिईन् , ‘जावेदले मलाई राकेश रोशन र उनको परिवार निकै शक्तिशाली रहेको बताए । यदि तपाईंले तिनीहरूसँग माफी माग्नुभएन भने, तपाईंसँग भाग्ने ठाउँ हुनेछैन।उनीहरूले तिमीलाई जेलमा हाल्नेछन् र तिमीलाई आत्महत्या गर्नु बाहेक अर्को विकल्प रहनेछैन । यसो भन्दै गर्दा उनी निकै चर्को स्वरले कराउँदै थिए र म डरले काँपिरहेको थिएँ ।

नोभेम्बर २०२०ः कंगनाको बयान बाहिर आएपछि जावेद अख्तरले उनको विरुद्ध आईपीसीको धारा ४९९ (मानहानि) अन्तर्गत उजुरी दर्ता गरेका थिए ।

नोभेम्बर २०२०ः कंगनाले जावेद अख्तरको उजुरीपछि काउन्टर केस दायर गरिन्।

डिसेम्बर २०२०ः जावेद अख्तरले यस मुद्दामा आफ्नो बयान रेकर्ड गरे। बयानमा जावेदले कंगनाले बिना कुनै प्रमाण आफूमाथि झुटो आरोप लगाएको बताएका थिए ।