१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन: गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय निजि तथा आवासीय विद्यालय ऐशोसिएसन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दैै मन्त्री लेखकले सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको बताउँदै छिट्टै सदनबाट स्वीकृत हुने बताउनुभएको हो । “केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको छ ।”

गृहमन्त्री लेखकले भन्नुभयो–“हामी समयभित्रै सदनले स्वीकार गर्ने र प्रतिस्थापन गरेर नयाँ कानून बनाउँछौं ।” त्यसैगरि उहाँले सरकारले ल्याएको अध्यादेशले निजि क्षेत्र उत्साहित भएको बताउनुभयो । “हाम्रो संविधानले पनि तीन खम्बे अर्थ नितिको व्यवस्था गरेको छ ।” उहाँले भन्नुभयो–“निजि क्षेत्रका लागि सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्न लागेको छ ।” उहाँले शिक्षा,स्वास्थ्यको क्षेत्रका केहि छैन भन्ने भाष्य निमार्ण भएको बताउँदै लोकतन्त्रका कारण मुलुकमा थुप्रै विश्विद्यालय स्थापना भएको बताउनुभयो । उहाँले सरकारले शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने बताउनुभयो । निजि तथा आवासीय विद्यालयहरुले आफुभित्र भएका समस्याहरु स्वःनियमन गरेर समाधान गर्नुपर्ने उहाँको भनाई थियो । “तपाईहरुले आवश्यकता भन्दा बढि शुल्क लिने अभिभावकलाई दबाब दिने,प्रभोलनमा पारेर आफ्नो संस्थामा तान्ने जस्ता काम गरिराख्नु भएको छ भने बन्द गर्नुस नभए सरकारले नियन्त्रण गर्छ ।” उहाँले भन्नुभयो–“सरकारले निजि तथा आवासीय विद्यालय र सरकारी विद्यालयहरुका लागि सन्तुलित निति निमार्ण गर्छ ।”

उहाँले कांग्रेस र एमाले समीकरण कोही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नमिलेको बताउँदै देश विकासको लागि स्थिर सरकार बनाएका बताउनुभयो । “अहिलेको समीकरण सरकार बनाउनको लागि सरकार र केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै बनेको होइन ।” गृहमन्त्री लेखकले भन्नुभयो–“हामीले मुलुकमा स्थिर सरकार स्थापित हुन सकोस र त्यो सरकारले देशमा दिगो शान्ति, सुशासन र उन्तिको यात्रामा अघि बढाउनको लागि बनाएके हो ।”