७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन क्षेत्रमा रणनीतिक सडकहरुको प्रगति देखिएनः सांसद जोशी



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार मन्त्रालयबाट शुरु भएका निर्वाचन क्षेत्र रणनीतिक सडकहरु लामो समयसम्म कामको प्रगति नदेखिएकोबारे संसद्मा प्रश्न उठेको छ ।

मंगलवारको प्रतिनिधि सभामा बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले त्यस्ता सडकहरुको प्रगति राम्रो नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सातदिन भन्दा बढी फाइल नरोकिने बताएपनि भौतिक पूर्वाधार मन्त्रालयबाट १२ वटा पक्की पुलसम्बन्धि फाइल अघि नबढेको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘भौतिक पूर्वाधार मन्त्रालयबाट शुरु भएका निर्वाचन क्षेत्र रणनीतिक सडकहरु लामोसमयसम्म कामको प्रगति देखिएको छैन । सरकारले त्यसबारे किन ध्यान दिएको छैन । ध्यानाकर्षण गराउन चाहन्छु ।’

बझाङ जिल्लाका अरु सिंचाई योजनाहरु समेत शुरु नभएको उहाँको भनाई छ । ती योजनामा परेको बजेट सरकारका मान्छेले अन्यत्र सार्न खोजेको आरोप समेत जोशीले लगाउनु भयो ।