२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको परिवर्तन माओवादीले ल्याएको होः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको बताउनुभएको छ ।

सोमवार झापाको कचनकवलमा शुरु भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको परिवर्तनत त्यत्तिकै नआएको बताउनु भयो । उहाँले हजारौँ वीर शहीदहरुको रगत र पसिनाबाट अहिलेको परिवर्तन सम्भव भएको बताउनु भयो । माओवादीले ल्याएको अहिलेको परिवर्तनमाथि प्रश्न उठाउने गरिएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको परिवर्तन त्यत्तिकै पाइएको होइन । तपाईं हाम्रा हजारौँ वीर छोराछोरीहरुले रगतको मूल्य तिरेर मात्रै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको हो । यो संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दलालहरुले तपाईं हामी जनतालाई माया गरेर हामीलाई दिएको परिवर्तन होइन । तपाईं हामीले रगत बगाएर त्याग, तपस्या गरेर वीरतार बलिदानका धेरै कीर्तिमानहरु कहिल्यै नमेटिने गरी तयार पारिएका बलमा मत्रै यो परिवर्तन सम्भव भएको हो । अहिले यो परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको छ । अहिलेको संविधानमा एकथरी मान्छेहरुले त्यसको प्रश्तावनादेखि अन्त्यसम्म माओवादीको छाप देख्छन् ।’

अध्यक्ष दाहालले एकथरीले प्राप्त उपलब्धि खोस्न संविधानमाथि आक्रमण गर्ने गरेको बताउनु भयो ।