७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चोरी पैठारी गरि ल्याइएको समानहरु लामो समयसम्म पनि लिलामी गर्न नसक्दा राज्यले करोडौंको राजश्व गुमाउनु परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालभरिका भन्सार कार्यालयमा चोरी पैठारीबाट बरामद गरेका सामानहरुको नेपाल सरकार अर्थ मन्त्रालयले व्यवस्थापन गरेमा राजश्व क्षतिबाट जोगिने अवस्था हुन्छ । त्यो व्यवस्थापन गर्ने सन्दर्भमा सबैले पुरस्कार बनाउने व्यवस्था पनि हुनसक्छ ।’

उहाँले देशभरका भन्सार कार्यालयमा बरामद सामानको समयमै व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।