काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गर्नुभएको छ ।
सोमबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक नियमित भएपनि केही विषयमा निर्णय हुनसक्ने बताइएको छ । बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल हुने जनाइएको छ ।










