२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा अस्थिरता चाहनेले सरकारको बिरोध गरिरहेका छन्ः सांसद मिश्र



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले सरकार बन्नु नै हुँदैन भन्नेहरुले सरकारको बिरोध गरिरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार धेरै समय टिक्न नदिने र देशमा अस्थिरता चाहनेहरुले सरकारको बिरोध गरिरहेको बताउनु भयो । उहाँले सरकार ढाल्ने भन्दा टिकाउनेतिर बढी ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै रफ्तार बढाउन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा अचम्मको कुरा छ । सरकार बन्नु नै हुँदैन, यो देशमा १० दिनपछि सरकार ढल्यो भन्न थाल्छन् । सरकारलाई चाँडो ढलोस् अस्थिरता देशमा होस् भन्नेहरु धेरै छन् । म केही मानिसहरुलाई भन्न चाहन्छु, सरकार टिकाउनेतिर जाने हो, ढाल्ने कुरातिर जानु हुँदैन । अहिलेका प्रधानमन्त्रीले राम्रो काम गरेका छन्, मन्त्रीले राम्रो काम गरेका छन् । यति राम्रो कामले पुगेको छ की छैन ? राम्रो कामको रफ्तार बढाउने हो की ? राम्रो काम अझ राम्रो गराउने की? राम्रो कामको हिसाव अलि कम भयो की । आजसम्म भएका मन्त्रीमण्डल भन्दा काममा सबैभन्दा राम्रो काम गर्ने मन्त्रीमण्डल बनाएर देखाउनुस् ।’
उहाँले आजसम्म भएका मन्त्रीमण्डल भन्दा काममा सबैभन्दा राम्रो काम गर्ने मन्त्रीमण्डल बनाएर देखाउन आग्रह गर्नुभयो ।