२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाको अभिव्यक्तिलाई लिएर वर्तमान व्यवस्था ठिक छैन भन्दै डंका पिटियोः काँग्रेस सांसद न्यौपाने



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको अभिव्यक्तिलाई लिएर समाजमा अराजकता फैलाइएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सांसद न्यौपानेले वर्तमान व्यवस्था ल्याउन कुनै योगदान नदिएकाहरु नै समाजमा अराजकता फैलाइरहेको बताउनुभएको हो । उहाँले पूर्वराजाको अभिव्यक्तिलाई लिएर समाजमा वर्तमान व्यवस्था नै ठिक छैन भनेर डंका पिटिएको टिप्पणी गर्नुभयो । उहाँले लोकतन्त्रमा बोल्न पाइने भएपनि समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई पनि नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको विचारलाई लिएर समाज तरंगित त भयो नै पक्ष र विपक्षमा मतहरु छताछुल्ल भए । यो व्यवस्था नै ठिक छैन भन्ने डंका पनि पिटिए । जसले यो व्यवस्था ल्याउन कुनै योगदान गरेनन्, यो व्यवस्थाको भरपुर फाइदा उठाए बिडम्बना उनैले संविधानको भावना विपरित लोकतान्त्रिक गणतन्त्र एवं यो व्यवस्थाविरुद्ध आन्दोलन गरिरहेको देख्दा २०६२÷०६३ को जन आन्दोलन र गणतन्त्रको लागि मर्न तयार त्यो जनसागर झलझली सम्झिरहेको छु । लोकतन्त्रमा बोल्न मज्जाले पाइन्छ सभामुख महोदय तर अराजक र समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई पनि छैन ।’

उहाँले लोकतन्त्रमा लोकतन्त्र कसैको कृपाले नभई नेपाली जनताको शक्ति हासिल गरेको बताउनु भयो । व्यक्तिले गरेको गल्तिलाई सुधार गर्दै लैजान सकिने भएपनि व्यवस्थामाथिको प्रहार कुनैपनि बहानामा स्वीकार्न नसकिने बताउनु भयो ।